वि.सं:
नेपाल संवत: ११४५ वछलागा एकादशी - २६
बागमती प्रदेश सरकारको मिति २०७८/०८/१५ को निर्णयअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालयको स्थापना भएको हो । यस मन्त्रालयको मुख्य कामहरूमा प्रदेशस्तरको यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, प्रदेशभित्रको सवारी दर्ता र नवीकरण, चालक अनुमति र नवीकरण, प्रदेशभित्र सार्वजनिक यातायातको रुट अनुमति, मापदण्ड, गुणस्तर र भाडा दर समायोजन तथा निर्धारण सम्बन्धी कार्य, प्रदेश तहमा यातायात सुरक्षा र सवारी प्रदूषण नियन्त्रण सम्बन्धी योजना निर्माण र कार्यान्वयन, श्रम तथा रोजगार प्रवर्द्धन सम्बन्धी प्रादेशिक नीति, योजना, कार्यक्रम तथा मापदण्ड तर्जुमा तथा कार्यान्वयन, श्रमिकको सामाजिक सुरक्षा तथा ट्रेड युनियन एबम् रोजगार प्रवर्द्धन सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र नियमन सम्बन्धी कार्य, औद्योगिक विवाद समाधान, श्रम सम्बन्धमा सुधार र न्यायिक निरुपण सम्बन्धी कार्य, कार्य स्थल सुरक्षा लगायतका कामहरू गर्दछन्। मन्त्रालयले आफ्नो कार्यसम्पादन ९ वटा यातायात व्यवस्था कार्यालय, २ वटा यातायात व्यवस्था सेवा कार्यालयबाट सम्पादन हुँदै आएका छन् । मन्त्रालयमा ३५ जना र मातहत कार्यालयमा ३६४ जना जनशक्ति रहने गरी जम्मा ३९९ जनाको दरबन्दी संरचना रहेको छ।