महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा द्वादशी - २७

प्रारम्भिक जीवन

काठमाडौं जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नं. 2 साबिक चपली भद्रकाली गा.वि.स. वडा नं. 8 मा मिति २०३४ साल कार्तिक १७ गते (नोभेम्बर २, १९७७) मा पिता तारा बहादुर थापा र माता अडर कुमारी थापाको कोखबाट जन्मिनु भएको माननीय जयराम थापा काठमाडौं क्षेत्र नं. 4 (ख) मिति 20७९ मंसिर 4 गते प्रदेश सभा सदस्यमा निर्वाचित हुँदै २०८2 साउन २० गते बागमती  प्रदेश, श्रम, रोजगार तथा यातायात मन्त्रीको  रूपमा नियुक्त हुनु भएको छ। नेपालको कानुनी, राजनीतिक, शिक्षा तथा सामाजिक सेवामा तीन दशक भन्दा बढी समयदेखि सक्रिय रहँदै आउनु भएको छ।

राजनीतिक जीवन

माननीय थापाको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै सुरु भएको हो।

  • मिति २०४८ सालमा विद्यालय स्तरमै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को गतिविधिमा संलग्न भई, साबिक चपली भद्रकाली वडा नं. 8 हालको बुढानीलकण्ठ नगरपालिका, वडा नं. 2 स्थित गणेश मा.वि.को प्रारम्भिक समिति कमिटीमा सक्रिय।
  • मिति २०४८-२०५८ सम्म अनेरास्ववियुमा विभिन्न पदमा जिम्मेवारी।
  • मिति २०५७ सालमा नेपाल ल क्याम्पसको अनेरास्ववियुको तर्फबाट सभापति उम्मेदवार।
  • मिति २०५२ सालमा नेकपा एमालेको सदस्यता ग्रहण।
  • मिति २०५८ सालमा विद्यार्थी राजनीतिबाट अवकाश लिएपछि पूर्णकालीन रूपमा नेकपा एमालेको भूगोलमा आबद्ध र नेकपा एमालेको भातृ सङ्गठन प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठनसँग आबद्ध।
  • पूर्व काठमाडौं जिल्लाको बूढानीलकण्ठ-४, बुद्धिजीवी क्षेत्रका इञ्चार्ज।
  • अध्यक्ष, प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन, पुनरावेदन विशेष जिल्ला समिति, पाटन।
  • नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको सदस्य।
  • मिति 2079 साल मंसिर 4 गते प्रदेश सभा सदस्य हुँदै मिति २०८2 साउन २० गते बागमती  प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रीको  रूपमा नियुक्त।

शैक्षिक योग्यता

उहाँ हाल अन्तर्राष्ट्रिय कूटनीतिक कानून (International Diplomatic Law) विषयमा पीएचडी स्कलर हुनुहुन्छ। यसअघि, नेपाल ल क्याम्पसबाट अन्तर्राष्ट्रिय कानून तथा मानवअधिकार (LLM in International Law and Human Rights) मा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ।

व्यावसायिक अनुभव

माननीय थापाले करिब २० वर्षको कानुनी व्यवसायको अनुभव हासिल गर्नुभएको छ। उहाँ नेपाल बार एसोसिएसनमा आबद्ध एक अधिवक्ता हुनुका साथै पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठनमा आबद्ध भई विभिन्न जिम्मेवारी वहन गरि सक्नु भएको छ। हाइ कोर्ट पाटनको सङ्गठन (PPLA) को अध्यक्ष समेत हुनुभयो।

प्रमुख व्यावसायिक भूमिकाहरू:

  • पूर्व अध्यक्ष, बूढानीलकण्ठ क्षेत्र विकास समिति (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत)
  • पूर्व अध्यक्ष, गणेश माध्यमिक विद्यालय, काठमाडौं
  • पूर्व प्रबन्ध निर्देशक, लिभरपुल इन्टरनेशनल कलेज, नयाँ बानेश्वर, काठमाडौं
  • प्रवर्द्धक, नेचर केयर अस्पताल, नयाँ बानेश्वर
  • प्रवर्द्धक, मेगा बैंक नेपाल लिमिटेड
  • सचिव, सिभिक कन्सर्न नेपालका, बत्तीसपुतली, काठमाडौं
  • प्रमोटर, शहीद मेमोरियल अस्पताल, कलङ्की, काठमाडौं
  • संस्थापक सदस्य, कानुनी परामर्श तथा अनुसन्धान केन्द्र, पुतलीसडक, काठमाडौं
  • महासचिव, नेपाल टूरीज्म लयर्स एसोसिएसन

अन्तर्राष्ट्रिय सङ्गठनमा संलग्नता

  • विश्व शान्ति परिषद्
  • अन्तर्राष्ट्रिय लोकतन्त्र कानून व्यवसायी सङ्गठन
  • अन्तर्राष्ट्रिय टुरीजम कानून व्यवसायी सङ्गठन

अन्तर्राष्ट्रिय सहभागिता

माननीय थापाले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन, प्रशिक्षण तथा भ्रमणमा नेपालको प्रतिनिधित्व गर्नुभएको छ।
उहाँले सहभागिता जनाउनुभएको प्रमुख कार्यक्रमहरू:

  • १८औं IADL कांग्रेस, ब्रसेल्स (२०१४)
  • वर्ल्ड पिस अर्गनाइजेशन कार्यक्रम, न्युयोर्क, अमेरिका (२०१५)
  • आणविक हतियारमुक्त शान्तिपूर्ण विश्व कार्यक्रम, हिरोशिमा, जापान (२०१६)
  • चीनमा हर्बल सम्मेलन, हङकङमा जलवायु परिवर्तन सम्मेलन
  • सिंगापुरमा द्वन्द्व व्यवस्थापन (Conflict Management) प्रशिक्षण
  • मलेसियामा मानव अधिकार संरक्षण कार्यक्रम
  • युरोपका विभिन्न मुलुक (फ्रान्स, नेदरल्याण्ड, जर्मनी) भ्रमण
  • लण्डन, बेलायत भ्रमण

सीप तथा विशेषज्ञता

  • कानुनी सल्लाह र मुद्दा संचालन
  • संगठनात्मक व्यवस्थापन (योजना, कार्यान्वयन, अनुगमन, मूल्यांकन)
  • अनुसन्धान, प्रतिवेदन लेखन, लागत–लाभ विश्लेषण
  • तालिम आयोजना, सुविधा प्रदायक (Facilitation)
  • मानव अधिकार तथा कानुनी सचेतनामुलक कार्यक्रम सञ्चालन
  • शिक्षण संस्थाहरूका लागि तालिम प्रशिक्षक

तालिम तथा कार्यशाला

  • TOT on Gender Sensitization, Monitoring and Evaluation (WFP, Kathmandu)
  • Community Based Disaster Preparedness (Lutheran World Federation)
  • General Management Training (Administrative Staff College)
  • People Oriented Planning (NRCS)
  • Clinical Legal Education Program (TU Faculty of Law)
  • Team Building, Conflict Management, Fire Fighting आदि विषयमा प्रशिक्षण

पारिवारिक विवरण
परिवारमा श्रीमती मिना थापा र छोरी जश्मिन थापासहित 5जना दाजुभाइ तथा 5 जना दिदीबहिनी रहेका छन्।