Government of Nepal Logo
Government of Nepal Logo
बागमती प्रदेश सरकार

श्रम, रोजगार तथा यातायात मन्त्रालय

हेटौंडा, मकवानपुर

बागमती प्रदेश सरकार

श्रम, रोजगार तथा यातायात मन्त्रालय

हेटौंडा, मकवानपुर

परिचय 2080-02-24

बागमती प्रदेश सरकारको मिति २०७८/०८/१५ को निर्णयानुसार श्रम, रोजगार तथा यातायात मन्त्रालयको स्थापना भएको हो । यस मन्त्रालयको मुख्य कामहरुमा प्रदेशस्तरको यातायातसम्वन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, प्रदेशभित्रको सवारी दर्ता र नवीकरण, चालक अनुमति र नवीकरण, प्रदेशभित्र सार्वजनिक यातायातको रुट अनुमति, मापदण्ड, गुणस्तर र भाडा दर समायोजन तथा निर्धारण सम्वन्धी कार्य, प्रदेश तहमा यातायात सुरक्षा र सवारी प्रदूषण नियन्त्रण सम्वन्धी योजना निर्माण र कार्यान्वयन, श्रम तथा रोजगार प्रवर्द्धन सम्वन्धी प्रादेशिक नीति, योजना, कार्यक्रम तथा मापदण्ड तर्जुमा तथा कार्यान्वयन, श्रमिकको सामाजिक सुरक्षा तथा ट्रेड युनियन एवम् रोजगार प्रवर्द्धन सम्वन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र नियमन सम्वन्धी कार्य, औद्योगिक विवाद समाधान, श्रम सम्बन्धमा सुधार र न्यायिक निरुपण सम्वन्धी कार्य, कार्यस्थल सुरक्षा लगायतका कामहरु पर्दछन्। मन्त्रालयले आफ्नो कार्यसम्पादन ९ वटा यातायात व्यवस्था कार्यालय, २ वटा यातायात व्यवस्था सेवा कार्यालयबाट सम्पादन हुँदै आएका छन् । मन्त्रालयमा ३५ जना र मातहत कार्यालयमा ३६४ जना जनशक्ति रहनेगरी जम्मा ३९९ जनाको दरवन्दी संरचना रहेको छ। 


साइट हेरिएको : page counter
अन्तिम पटक अद्यावधिक गरिएको : 2081-01-07 11:20:42

© सर्वाधिकार सुरक्षित श्रम, रोजगार तथा यातायात मन्त्रालय